राष्ट्र बैंकको कार्यकारी निर्देशकमा राजेन्द्र भट्टराईको बढुवा, सुपरिवेक्षण र नियमनमा विज्ञता
Sudarshan Sapkota
|
9 hours ago
काठमाडौं। नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकमा राजेन्द्र भट्टराईको बढुवा भएको छ। कानुन विभागको निर्देशक रहेका भट्टराईलाई सञ्चालक समितिले बढुवा गरेको हो।
२०५३ सालमा राष्ट्र बैंकको सेवामा प्रवेश गरेका भट्टराईसँग नियमन र सुपरिवेक्षण विभागमा लामो समय काम गरेको अनुभव छ।
उनीसँगै सेवा प्रवेश गरेकाहरु अधिकांस कार्यकारी निर्देशक भइसकेका छन्। उनले केही समय सिद्धार्थनगर कार्यालयको प्रमुख भएर समेत काम गरेका थिए।
सुपरिवेक्षणमा विज्ञता रहेको भट्टराई बढुवासँगै आगामी चैतमा रिक्त हुने डेपुटी गभर्नरका दावेदार पनि बनेका छन्।
The post राष्ट्र बैंकको कार्यकारी निर्देशकमा राजेन्द्र भट्टराईको बढुवा, सुपरिवेक्षण र नियमनमा विज्ञता appeared first on BIZMANDU.