npl.977 Nepal News Stream

RONB post logo RONB post

महिनामा १० जीबी डाटा निःशुल्क, २५ हजारसम्म ऋण मिनाहा (पूर्णपाठ)

RONB Post 1 day ago

काठमाडौं । नेकपा एमालेले २५ हजार रुपैयाँसम्मको ऋण मिनाहा गर्ने घोषणा गरेको छ ।

२०८२ भदौसम्म लिने २५ हजारसम्मको ऋण मिनाहा गर्ने घोषणा एमालेले घोषणापत्रमार्फत गरेको हो । राज्यद्वारा गरिब परिवारका रूपमा पहिचान भएका ऋणिको ऋण मिनाहा गर्ने घोषणा एमालेले गरेको छ ।

त्यस्तै घोषणापत्रमा युवालाई हरेक महिना १० जीबी इन्टरनेट डाटा निःशुल्कदेखि गरिब परिवारको २५ हजारसम्म ऋण मिनाहासम्मको विषय समेटिएको छ ।

यस्तै, युवा तथा उद्यमीलाई १० हजार डलर बराबरको बैंक कार्ड, वैदेशिक रोजगारी श्रमिकको खातामा ५ हजारसहित सामाजिक सुरक्षा, विद्यार्थीलाई २० लाख निर्ब्याजी ऋण, पारिश्रमिकसहित इन्टर्नशीप, किशोरीलाई निःशुल्क प्याड, १० कक्षासम्म दिवा खाजा श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजारसहित सामाजिक सुरक्षाको विषय समेटेको छ ।

त्यसैगरी, सुत्केरी हुने महिलालाई प्रतिजन्म २० हजार रुपैयाँ मातृ–शिशु पोषण भत्ता प्रदान गरिने एमालेले जनाएको छ । गर्भावस्था अघि र पछि स्वास्थ्य परीक्षणका लागि घरदेखि स्वास्थ्य संस्थासम्मको यातायात खर्च पनि दोब्बर गरिने प्रतिबद्धता गरिएको छ ।

यसका साथै गर्भवती महिलाको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न ५ लाख रुपैयाँसम्मको जीवन बीमा निःशुल्क गरिने घोषणा गरिएको छ ।

पूर्णपाठ हेर्न यहाँ क्लिक गर्नुहोला

The post महिनामा १० जीबी डाटा निःशुल्क, २५ हजारसम्म ऋण मिनाहा (पूर्णपाठ) appeared first on RONB post.

Read more news from RONB post

Explore by Source or Category