नेपाल लाइफसहित ४ कम्पनीको सेयर मूल्य समायोजन, कुनको कतिमा खुल्छ कारोबार?
काठमाडौं। विभिन्न ४ कम्पनीको सेयर मूल्य समायोजन भएको छ। नेपाल स्टक एक्सचेन्जले आइतबार नेपाल लाइफ इन्स्योरेन्स, महालक्ष्मी विकास बैंक, सिंगटी हाइड्रोपावर र नेपाल हाइड्रो डेभलपर्सको सेयर मूल्य समायोजन गरेको हो।
नेपाल लाइफको सेयर मूल्य समायोजनपछि प्रति कित्ता ७७८.५७ रुपैयाँ कायम भएको छ। इन्स्योरेन्सको सेयर आइतबार अन्तिममा प्रति कित्ता ८१७.५० रुपैयाँमा कारोबार भएको थियो।
कम्पनीले सेयरधनीलाई गत वर्षको मुनाफाबाट ५ प्रतिशत बोनस सेयर दिन लागेको छ। समायोजनपछि कायम मूल्यमा सोमबार कारोबार हुनेछ।
यस्तै, महालक्ष्मी विकास बैंकको सेयर मूल्य समायोजनपछि प्रति कित्ता ३६५.७१ रुपैयाँ कायम भएको छ।
बैंकको सेयर आइतबार अन्तिममा ३८४ रुपैयाँमा कारोबार भएको थियो। महालक्ष्मीले गत वर्षको मुनाफाबाट ५ प्रतिशत बोनस सेयर घोषणा गरेको छ।
सिंगटी हाइड्रो इनर्जीको सेयर आइतबार अन्तिममा प्रति कित्ता २८५ रुपैयाँका दरले कारोबार भएकामा समायोजनपछि २७१.४३ रुपैयाँ मूल्य कायम भएको छ।
कम्पनीले गत वर्षको मुनाफाबाट ५ प्रतिशत बोनस सेयर घोषणा गरेको छ।
यस्तै, समायोजनपछि नेपाल हाइड्रो डेभलपर्सको सेयर मूल्य प्रति कित्ता ६६९.६३ रुपैयाँ कायम भएको छ। कम्पनीको सेयर आइतबार अन्तिममा प्रति कित्ता ७२९.९० रुपैयाँमा कारोबार भएको थियो।
कम्पनीले गत वर्षको मुनाफाबाट ९ प्रतिशत बोनस सेयर वितरण गर्न लागेको छ।
The post नेपाल लाइफसहित ४ कम्पनीको सेयर मूल्य समायोजन, कुनको कतिमा खुल्छ कारोबार? appeared first on BIZMANDU.