npl.977 Nepal News Stream

BIZMANDU logo BIZMANDU

गत वर्षको मुनाफाबाट ९२ कम्पनीको लाभांश घोषणा, सेयरधनीलाई सर्वाधिक प्रतिफल दिने कुन?

Sunil Kunwar 11 hours ago

काठमाडौं। गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट कम्पनीहरुले धमाधम प्रतिफल वितरण गर्न थालेका छन्।

वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी, माइक्रो फाइनान्स, हाइड्रोपावर कम्पनी, उत्पादन तथा प्रशोधन क्षेत्रका कम्पनी, इन्स्योरेन्स, होटल तथा पर्यटन र ट्रेडिङ तथा अन्य समूहका कम्पनीले धमाधम प्रतिफल घोषणा गरिरहेका हुन्।

नेप्सेमा सूचीकृत ९२ वटा कम्पनीले प्रतिफल घोषणा गरेका छन्।

गत वर्षको मुनाफाबाट लाभांश घोषणा गरेका कतिपय कम्पनीले साधारण सभा सम्पन्न गरेर सेयरधनीलाई प्रतिफल वितरण गरिसकेका छन्। कतिपय कम्पनी लाभांश घोषणापछि साधारण सभा गर्ने तयारीमा छन्।

प्रतिफल वितरण गर्ने निर्णय गरेका केही कम्पनी नियामक निकायको स्वीकृति पर्खिरहेका छन्। बुक क्लोज अघिसम्म कायम सेयरधनीले कम्पनीको लाभांश पाउँछन्।

अर्थतन्त्रमा देखिएको शिथिलताका कारण बिजनेसमा गिरावट आउँदा कतिपय कम्पनीले प्रतिफलविनै साधारण सभा सम्पन्न गरेका छन्।

गत वर्षको मुनाफाबाट २० वटा वाणिज्य बैंकमध्ये १३ वटाले लाभांश घोषणा गरेका छन्। वाणिज्य बैंकमा एभरेष्ट बैंकले सर्वाधिक २० प्रतिशत प्रतिफल दिएको छ।

स्ट्याण्डर्ड चार्टर्डले १९ प्रतिशत लाभांश वितरण गरेको छ। कृषि विकास बैंकले १३ प्रतिशत र नबिल बैंकले १२.५ प्रतिशत प्रतिफल घोषणा गरेको छ।

कम्पनीबोनस सेयर %नगद %कुल लाभांश %
प्राइम कमर्सियल बैंक०.४२८.४२
नबिल बैंक१२.५१२.५
एसबिआई बैंक
एनएमबि बैंक१०
लक्ष्मी सनराइज बैंक१००.५३१०.५३
कृषि विकास बैंक३.२५९.७५१३
स्ट्याण्डर्ड चार्टर्ड बैंक१९१९
ग्लोबल आइएमई बैंक
सिद्धार्थ बैंक५.५३१०.५३
सिटिजन्स बैंक०.२६५.२६
सानिमा बैंक७.३७७.३७
एभरेष्ट बैंक१४२०
माछापुच्छ्रे बैंक
ग्रिन डेभलपमेन्ट बैंक८.०४०.४२८.४६
सांग्रिला डेभलपमेन्ट बैंक५.३६१०.३६
साइन रेसुङगा डेभलपमेन्ट बैंक१०१३
महालक्ष्मी विकास बैंक५.३७१०.३७
मितेरी डेभलपमेन्ट बैंक१०१०
गरिमा विकास बैंक४.५३१०.५३
मुक्तिनाथ विकास बैंक१३.५३४.६७१८.२
कामना सेवा विकास बैंक१०५.७९१५.७९
श्री इन्भेष्टमेन्ट फाइनान्स६.४६.४
आइसीएफसी फाइनान्स१५.७९१५.७९
मञ्जुश्री फाइनान्स१५१५
चन्द्रागिरि हिल्स०.२६५.२६
तारागाउँ रिजेन्सी होटल
कालिञ्चोक दर्शन०.२६५.२६
सोल्टी होटल१५१६.५८३१.५८
सिनर्जी पावर डेभलपमेन्ट१००.५३१०.५३
बुटवल पावर
रुरु जलविद्युत परियोजना१०५.७९१५.७९
युनाइटेड इदी मार्दी आरबि०.२६५.२६
कुथेली बुखरी स्मल हाइड्रोपावर१०१०
सुपर मार्दी हाइड्रोपावर०.२६५.२६
बरुण हाइड्रोपावर४.७५०.२५
ङादी ग्रुप पावर४.७५०.२५
नेपाल हाइड्रो डेभलपर०.४७९.४७
साहस ऊर्जा२११.११२२.११
माउन्टेन इनर्जी नेपाल२०१.०५२१.०५
सिंगटी हाइड्रो इनर्जी
सेन्चुरी इनर्जी२५१०३५
भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी१४२०
अरुण भ्याली हाइड्रोपावर ०.४२८.४२
युनिभर्सल पावर कम्पनी०.४७९.४७
हिल्टन हाइड्रो इनर्जी५.२६५.२६
मिड सोलु हाइड्रो इनर्जी१५०.७९१५.७९
सिक्लेस हाइड्रोपावर१५०.७९१५.७९
इमर्जिङ नेपाल५.२६५.२६
हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट१.५३.५
एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट४०२.११४२.११
नेपाल इन्फ्रास्ट्रक्चर बैंक६.३२६.३२
हाथवे इन्भेष्टमेन्ट१२०.६३१२.६३
लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल२१.०५२१.०५
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स१२१२
सूर्यज्योति लाइफ इन्स्योरेन्स१३१३
नेसनल लाइफ इन्स्योरेन्स८.५१२.५
सन नेपाल लाइफ इन्स्योरेन्स१५.२६२०.२६
प्रभु महालक्ष्मी इन्स्योरेन्स४.४२८.४२
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स१०.१८१०.१८
आइएमई लाइफ इन्स्योरेन्स१०.५३१०.५३
नेपाल लाइफ इन्स्योरेन्स१६.०५२१.०५
सिटिजन लाइफ इन्स्योरेन्स२०२०
घोराही सिमेन्ट इन्डष्ट्रिज१००.५३१०.५३
सर्वोत्तम सिमेन्ट१५२०
शिवम् सिमेन्ट२.५१०१२.५
हिमालयन डिष्टिलरी२०२५
युनिलिभर नेपाल१८४२१८४२
नेपाल ल्युब आयल२०१.०५२१.०५
सीवाईसी नेपाल लघुवित्त१२.७६०.६७१३.४३
मिथिला लघुवित्त१४.२५०.७५१५
महुली लघुवित्त४.७५०.२५
स्वरोजगार लघुवित्त१४.२५०.७५१५
ग्लोबल आइएमई लघुवित्त४.७५०.२५
कालिका लघुवित्त१००.५३१०.५३
निर्धन उत्थान लघुवित्त१२
नेसनल लघुवित्त१४.२५०.७५१५
छिमेकी लघुवित्त१२.५१२.५२५
जीवन विकास लघुवित्त१४०.७४१४.७४
समता घरेलु लघुवित्त०.२६५.२६
फर्स्ट माइक्रो फाइनान्स६.५६.५
डिप्रोक्स लघुवित्त१०१५
आशा लघुवित्त९.५०.५१०
हिमालयन लघुवित्त६.६५०.३५
स्वावलम्बन लघुवित्त५.६४४.३६१०
साना किसान विकास लघुवित्त१४.२५०.७५१५
आरएसडीसी लघुवित्त
गुराँस लघुवित्त१४.२५०.७५१५
सगरमाथा लुम्बिनी इन्स्योरेन्स१५१५
नेपाल इन्स्योरेन्स६.३२६.३२
शिखर इन्स्योरेन्स०.३२६.३२
सिद्धार्थ प्रिमियर इन्स्योरेन्स२५२५
आइजीआई प्रुडेन्सियल
मुक्तिनाथ कृषि कम्पनी०.४२८.४२

विकास बैंकतर्फ ८ वटाले प्रतिफल घोषणा गरेका छन्। कामना सेवा विकासले सर्वाधिक १५.७८ प्रतिशत प्रतिफल दिएको छ। यस्तै, ३ वटा फाइनान्सले लाभांश घोषणा गरेकामा आइसीएफसीले सर्वाधिक १५.७८ प्रतिशत लाभांश वितरण गर्न लागेको छ।

नेप्सेमा सूचीकृत होटल तथा पर्यटन क्षेत्रका ७ वटा कम्पनी रहेकामा ४ वटाले लाभांश घोषणा गरेका छन्। सोल्टी होटलले सर्वाधिक ३१.५७ प्रतिशत प्रतिफल वितरण गरेको छ।

गत वर्षको मुनाफाबाट १९ वटा हाइड्रोपावरले प्रतिफल घोषणा गरेका छन्। सेन्चुरी इनर्जीले सबैभन्दा धेरै ३५ प्रतिशत प्रतिफल घोषणा गरेको छ।

यस्तै, इन्भेष्टमेन्ट क्षेत्रका ७ वटाले लाभांश घोषणा गरेकामा सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टले ४२.१० प्रतिशत प्रतिफल वितरण गरेको छ।

१४ वटा लाइफ इन्स्योरेन्समा १० वटाले लाभांश घोषणा गरेकामा नेपाल लाइफ र लाइफ इन्स्योरेन्स कर्पोरेसनले २१.०५ प्रतिशत वितरण गर्न लागेका छन्।

नेप्सेमा सूचीकृत ६ वटा उत्पादन तथा प्रशोधन क्षेत्रका कम्पनीले लाभांश वितरणको निर्णय गरेकामा सर्वाधिक युनिलिभर नेपालले १८४२ प्रतिशत प्रतिफल दिएको छ।

१९ वटा लघुवित्तले लाभांश घोषणा गरेकामा छिमेक लघुवित्तले सबैभन्दा धेरै २५ प्रतिशत प्रतिफल दिने निर्णय गरेको छ। यस्तै,

निर्जीवन बीमा कम्पनीतर्फ ५ वटाले प्रतिफल घोषणा गरेकामा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले सर्वाधिक २५ प्रतिशत प्रतिफल दिंदैछ।

The post गत वर्षको मुनाफाबाट ९२ कम्पनीको लाभांश घोषणा, सेयरधनीलाई सर्वाधिक प्रतिफल दिने कुन? appeared first on BIZMANDU.

Read more news from BIZMANDU

Explore by Source or Category