npl.977 Nepal News Stream

Himal Press logo Himal Press

अपहरित बालिकाको उद्धार : मागिएको थियो एक करोड रकम र पाँच किलो सुन फिरौती

Keshav Rana Chhetri 12 hours ago

राजविराज (सप्तरी)- मंगलबार साँझ अपहरणमा परेकी एक बालिकाको प्रहरीले आज (शुक्रबार) सकुशल उद्धार गरेको छ। खड्क नगरपालिका-८, बिसनपुरकी सात वर्षीया आसु खातुन भन्ने नेहा खातुनको सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिए।

अपहरण गरी फिरौती माग्ने खड्क-९, लालपट्टि टोलका ३० वर्षीय इम्तियाज अहमदलाई प्रहरीले नियन्त्रणमा लिएको छ। निजलाई रुपनी गाउँपालिका-१ स्थित खाँडो खोलाबाट नियन्त्रणमा लिई नेहालाई सकुशल उद्धार गरिएको प्रहरी नायव उपरीक्षक पुरीले बताए।

मंगलबार साँझ घरबाट हराएकी नेहाको खोजीका लागि परिवारले खबर गरेपछि घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको थियो। प्रहरीका अनुसार अपहरण गर्ने इम्तियाजले बिहीबार बालिकाका बुबा इमरान खानलाई फोन गरी एक करोड रकम र पाँच किलो सुनसमेत फिरौती लिएर आउन भनी रुपनी-१, खाँडो खोलामा बोलाएका थिए।

यसैबीच पक्राउ परेका अहमदविरुद्ध अपरहण तथा शरीर बन्धक र मानव बेचबिखन तथा ओसारपसार मुद्दामा सप्तरी जिल्ला अदालत राजविराजबाट सात दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय कल्याणपुरबाट थप अनुसन्धान सुरु गरिएको प्रहरी नायव उपरीक्षक पुरीले जानकारी दिए।

Read more news from Himal Press

Explore by Source or Category