उज्वेकिस्तानको आभा आहा!राराको सेमिफाइनलमा
पोखरा (हाम्रो खेलकुद)- उज्वेकिस्ताको आभा एफसी
पोखरामा जारी २५औं आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ।
आज अन्तिम क्वार्टरफाइनलमा प्लानिङ ब्वाइज युनाइटेडलाई १-० गोले पराजित गर्दै आभाले अन्तिम चारको यात्रा तय गरेको हो।
५६औं मिनेटमा आभाका उमिदजोन कारकोभले गोल गर्दै टोलीलाई अघि बढाए । उनको कडा प्रहारलाई प्लानिङका किपर योगेश धिमालले रोक्ने प्रयास पूर्णरुपमा असफल भयो ।
प्लानिङ ब्वाइजले खेलको अन्त्यतिर बराबरी गोल फर्काउने अवसर पाए पनि सफल हुन सकेन । ८९औं मिनेटमा रामबाबु कुमार शाहको प्रयास असफल रह्यो । इन्जुरी समयको दोस्रो मिनेटमा फागुराम थारुको फ्रि–किकलाई आभाका गोलकिपर जासुरबर्क राजावेभले उत्कृष्ट रोके ।
गोलकर्ता उमिदजोन ‘प्लेयर अफ दि म्याच’ घोषित भए र उनले १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे ।प्रतियोगितामा बुधबार पहिलो सेमिफाइनल आयोजक सहारा क्लब पोखरा र मनाङ मर्स्याङदी क्लब का बीच हुनेछ ।
The post उज्वेकिस्तानको आभा आहा!राराको सेमिफाइनलमा first appeared on हाम्रो खेलकुद.