npl.977 Nepal News Stream

Kendrabindu logo Kendrabindu

झापा–२ मा रोजगारी र सुशासन मुख्य चुनावी मुद्दा

इन्द्र कमल रोक्का 1 hour ago

दमक। प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा झापा–२ मा चुनावी गतिविधि बढेको छ । उम्मेदवारले रोजगारी, स्वास्थ्य, शिक्षा, कृषि र सुशासनका विषयलाई मुख्य एजेन्डा बनाएका छन् ।

स्थानीय मतदाताले रोजगारीको अभाव, कृषि उपजको उचित मूल्य नपाउनु, स्वास्थ्य सेवा र शिक्षामा सहज पहुँच नहुनु जस्ता समस्या उठाएका छन् । युवाहरू रोजगारीका लागि विदेश जान बाध्य भएको विषय पनि प्रमुख चिन्ताको रूपमा देखिएको छ ।

यस क्षेत्रमा नेकपा (एमाले) का देवराज घिमिरे, राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा रानामगर, नेपाली कांग्रेसकी सरिता प्रसाईं, नेकपाकी धर्मशिला चापागाईं, राष्ट्रिय प्रजातन्त्र पार्टीका भद्रप्रसाद नेपाल र स्वतन्त्र उम्मेदवार युवराज संग्रौला प्रतिस्पर्धामा छन् ।

उम्मेदवारहरूले विकास, सुशासन, पारदर्शिता, कृषि सुधार र सामाजिक न्यायका विषयलाई प्राथमिकतामा राखेर मत मागिरहेका छन् ।

निर्वाचन आयोगका अनुसार झापा–२ मा एक लाख ४७ हजार ५२२ मतदाता रहेका छन् । निर्वाचनको मिति नजिकिँदै जाँदा गाउँ, बजार र सार्वजनिक स्थानमा चुनावी चर्चा बढेको छ ।

Read more news from Kendrabindu

Explore by Source or Category