npl.977 Nepal News Stream

BIZMANDU logo BIZMANDU

चुनावको दिन फाइनल पर्ने गरी केपीएलको मिति घोषणा, सात टोलीका मालिक कोको?

Mukunda Ghimire 16 hours ago

काठमाडौं। तेस्रो संस्करणको टी–२० कोशी प्राइड लिग (केपिएल) फागुनमा आयोजना हुने भएको छ। आइतबार आयोजकले पत्रकार सम्मेलन गर्दै प्रतियोगिता ९ देखि २१ फागुनसम्म सुनसरीमा हुने जनाएको हो। फागुन २१ गते नै नेपालमा निर्वाचनको घोषणा भएको छ।

प्रतियोगितालाई नेपाल क्रिकेट संघ (क्यान) ले स्वीकृति दिएको छ भने कोशी प्रदेश क्रिकेट संघले प्राविधिक सहयोग गर्नेछ।

प्रतियोगिताको लागि नमुना ब्लास्टर्स, इटहरी आदर्श जायन्ट्स, बिर्तामोड हिट्स, पुर्वेली सुपर किंग्स, एभरेस्ट थन्डर्स, बिएन कोशी अर्नास र गोर्खा एभेन्जर्स सहभागी हुँदैछन् ।

नमुना ब्लास्टर्सको मालिकमा धर्म न्यौपाने, इटहरी आदर्श जायन्ट्सको कल्पित ढकाल, बिर्तामोड हिट्सको मालिक अनुराग प्रमानिक तथा प्रतिनिधिमा जीवनकुमार यादव छन् । त्यस्तै, पुर्वेली सुपर किंग्सको मालिकमा संजोक राणा, महेन्द्र मैनाली, सन्तोष तिमल्सिना, रविन विष्ट र सन्देश सिग्देल छन् ।

एभरेस्ट थन्डर्सको मालिक आकाश खड्का हुन् । बिएन कोशी अर्नासको मार्कीमा मोहम्मद सेराज अन्सारी तथा गोर्खा एभेन्जर्सबाट विजय खड्का, पुजन बाबु भट्टराई, किरण खड्का, अमर्दीप सापकोटा र रघुनाथ सापकोटा मालिक रहेका छन् ।

प्रतियोगिताको लागि एक टोलीमा १८ खेलाडी राख्नै पर्ने नियम रहेको छ । जसमा एक मार्की, एक आइकोनिक, तीन जना ड्राफ (जो राष्ट्रिय टिमका हुनेछन्), क्याटगोरी ‘ए’ का तीन, क्याटगोरी ‘बी’ का दुई तथा क्याटगोरी ‘सी’ का एक खेलाडी रहनेछन् ।

केपिएलका निर्देशक अफजल हुसैनले केपिएल आयोजनासँगै कोशी प्रदेश क्रिकेटको विकास र ग्रासरुट कार्यक्रम अझै प्रभावकारी हुने आशा गरे।

‘केपिएल आयोजनासँगै कोशी प्रदेश क्रिकेटको विकास र ग्रासरुट कार्यक्रम अझै प्रभावकारी हुनेमा आशावादी छु,’ उनले भने, ‘चुनावै भयो भने त हामी फाइनलको मिति तलमाथि लैजान्छौं,’ अध्यक्ष अफजलले भने।

अक्सनमा क्याटगोरी क्याटगोरी ‘ए’ को मूल्य न्यूनतम ४५ देखि ६५ हजारसम्म, क्याटगोरी ‘बी’ को लागि २५ देखि ४५ हजारसम्म तथा क्याटगोरी ‘सी’ को मूल्य पाँच हजारदेखि २५ हजारसम्म तोकिएको छ।

The post चुनावको दिन फाइनल पर्ने गरी केपीएलको मिति घोषणा, सात टोलीका मालिक कोको? appeared first on BIZMANDU.

Read more news from BIZMANDU

Explore by Source or Category