npl.977 Nepal News Stream

RONB post logo RONB post

एकैदिन ९ कम्पनीको लाभांश घोषणा, कुनको कति ?

RONB Post 9 hours ago

काठमाडौं । एकैदिन आइतबार ९ कम्पनीले लाभांश घोषणा गरेका छन् ।

लाभांश घोषणा गर्नेमा कालिका लघुवित्त, ग्लोबल आइएमई लघुवित्त, स्वरोजगार लघुवित्त, महुली लघुवित्त, सिवाईसी नेपाल, मिथिला लघुवित्त, रिलायबल नेपाल लाइफ इनस्योरेन्स, सूर्य ज्योति लाइफ इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल)ले रहेका छन् ।

यी कम्पनीहरुले गतवर्षको नाफाबाट लाभांस घोषणा गरेका हुन् । जसमध्ये, कालिका लघुवित्तले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५२ प्रतिशत नगद लाभांश गरी कुल १०.५२ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

महुली लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेको छ। पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापुँजीको ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२५ प्रतिशत नगद लाभांश गरी कुल ५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

त्यस्तै, ग्लोबल आइएमईले ४.७५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२५ प्रतिशत नगद गरी ५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

सिवाईसी नेपाल लघुवित्तले सेयरधनीलाई गत वर्षको नाफाबाट १२.७६ प्रतिशत बोनस सेयर र कर तिर्न ०.६७ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ ।

रुरु जलविद्युत परियोजना लिमिटेडले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले हाल कायम चुक्तापुँजीको कुल १५.७९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। प्रस्तावित लाभांशमध्ये १० प्रतिशत बोनस सेयर र ५.७९ प्रतिशत नगद लाभांश (करसहित) रहेको छ।

मिथिला लघुवित्तले १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश गरी १५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

यता, स्वरोजगार लघुवित्तले भने १४.२५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७५ प्रतिशत नगद लाभांश गरी १५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । महुली लघुवित्तले ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद गरी ५ प्रतिशत लाभांश दिंदैछ ।

त्यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल)ले सेयरधनीलाई २१.०५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । नेपाल बीमा प्राधिकरणबाट

यता, रिलायबल नेपाल लाइफले गत वर्षको नाफाबाट सेयरधनीलाई कर सहित १२ प्रतिशत नगद लाभांश दिने भएको छ ।

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरूलाई १३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

निर्णयअनुसार कम्पनीले हाल कायम चुक्तापुँजी ५ अर्ब १ करोड १९ लाख ४७ हजार ७९७ रुपैयाँ ४६ पैसाको १३ प्रतिशतका दरले कुल ६५ करोड १५ लाख ५३ हजार २१३ रुपैयाँ ६७ पैसा नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ।

कम्पनीका अनुसार प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति तथा आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि सेयरधनीहरूलाई वितरण गरिनेछ।

त्यस्तै प्रभु बैंक सिन्धु विकास बैंकले सेयरधनीलाई लाभांश नदिने घोषणा गरेका छन् । यस बैंकको पुस ६ गते बसेको सञ्चालक समिति बैंककले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश नदिने निर्णय गरेका हुन् ।

The post एकैदिन ९ कम्पनीको लाभांश घोषणा, कुनको कति ? appeared first on RONB post.

Read more news from RONB post

Explore by Source or Category