चुनाव प्रचारमा ‘रुफटप भेहिकल’ प्रयोग गर्न नदिने सरकारकाे निर्णय
इन्द्र कमल रोक्का
|
7 hours ago
काठमाडौं । सरकारले निर्वाचन प्रचारमा जाँदा उम्मेदवारहरुले छत खोलेर हिँड्न मिल्ने ‘रुफटप भेहिकल’ प्रयोगमा रोक लगाउने भएको छ ।
बिहीबार सिंहदरबारमा बसेको केन्द्रिय सुरक्षा समितिको बैठकले उम्मेदवारहरुको सुरक्षालाई ध्यान दिएर त्यस्ता गाडी प्रयोगमा रोक लगाउने निर्णय गरेको हो । अहिले देशभर छत खुल्ला भएको गाडीबाट उम्मेदवारहरुले भोट माग्ने प्रचलन बढ्दो छ ।