लस्ट होराइजन जंगल रिसोर्टले आइपीओ जारी गर्ने, पुस २९ मा तोक्यो साधारण सभा
काठमाडौं। लस्ट होराइजन जंगल रिसोर्टले आइपीओ निष्कासन गर्ने भएको छ। रिसोर्टले आइपीओ बिक्रीको प्रस्तावसहित साधारण सभा बोलाएको छ।
कम्पनीले पुस २९ गते साधारण सभा बोलाएको छ। काठमाडौंको स्वयम्भूस्थित कम्पनीको कार्यालयमा हुने साधारण सभामा आइपीओ बिक्री प्रक्रिया अगाडि बढाउनेसहित ४ वटा विशेष र ४ वटा सामान्य प्रस्ताव पेस गरिँदैछ।
प्रिमियम मूल्यमा वा अंकित मूल्यमा सेयर जारी गर्ने भन्नेबारे साधारण सभाले थप स्पष्ट पार्नेछ। साधारण सभाबाट प्रस्ताव पारित भएपछि कम्पनीको सेयर निष्कासनको प्रक्रिया अगाडि बढ्नेछ।
कम्पनीले काभ्रेको बनेपा (नमोबुद्ध नजिकै) आरुण्या नेचर रिसोर्ट निर्माण गरिरहेको छ। रिसोर्ट सञ्चालनका लागि कम्पनीले अन्तर्राष्ट्रिय चेन एट्मस्फेयर कोरसँग साझेदारी गर्ने भएको छ। यो व्यावसायिक समूहले पोखराको बेगनास र चितवनको मेघौलीमा पनि ‘लस्ट होराइजन’ ब्रान्डकै अन्य लक्जरी रिसोर्टहरू निर्माण गरिरहेको छ।
The post लस्ट होराइजन जंगल रिसोर्टले आइपीओ जारी गर्ने, पुस २९ मा तोक्यो साधारण सभा appeared first on BIZMANDU.