npl.977 Nepal News Stream

BIZMANDU logo BIZMANDU

दुई तिहाइ सवारीसाधनले फाल्छन् मापदण्डभन्दा बढी धुवाँ, कारबाही गर्दै ट्राफिक प्रहरी

Basudev Timalsina 15 hours ago

काठमाडौं। इन्धनबाट चल्ने दुई तिहाइ सवारीसाधनले मापदण्डभन्दा बढी धुवाँ फाल्ने गरेको पाइएको छ।

वातावरण विभाग र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गरेको जाँचका क्रममा ६७ प्रतिशत सवारीसाधनले मापदण्डभन्दा बढी धुवाँ फालेका हुन्।

विभाग र कार्यालयले आइतबार अपराह्न काठमाडौंको थानकोटमा ६० वटा सवारीसाधनको प्रदूषण जाँच गरेका थिए। जाँचका क्रममा ४० वटा सवारीसाधनले मापदण्डभन्दा बढी धुवाँ फालेका थिए। ती सवारीसाधनलाई कारबाही गरिएको छ।

मापदण्डभन्दा बढी धुवाँ फाल्ने सवारीसाधन चलाउँदा वायु प्रदूषण बढ्न गइ मानव स्वास्थ्यमा गम्भीर समस्या निम्तिन्छ।

साथै दुर्घटनाको जोखिम समेत हुने भएकाले सवारीसाधनको अवस्था जाँच गरी दुरुस्त अवस्थामा रहे मात्र चलाउन ट्राफिक प्रहरीले चालकहरुलाई आग्रह गरेको छ।

The post दुई तिहाइ सवारीसाधनले फाल्छन् मापदण्डभन्दा बढी धुवाँ, कारबाही गर्दै ट्राफिक प्रहरी appeared first on BIZMANDU.

Read more news from BIZMANDU

Explore by Source or Category