RONB post
उपत्यकामा गुड्ने ५९ वटा गाडीको प्रदूषण चेक गर्दा ५० फेल
काठमाडौं । काठमाडौंमा उपत्यकामा गुड्ने अधिकांश सवारी साधन प्रदूषण मापदण्ड विपरीत संचालन भइरहेको पाइएको छ ।
वातावरण विभाग बबरमहल र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त रूपमा खटिएको टोलीले सोमबार कीर्तिपुरमा गरेको सवारी चेकजाँचमा यस्तो पाइएको हो ।
ट्राफिक प्रहरीका अनुसार ५९ वटा सवारी साधनलाई चेक गर्दा ५० वटा सवारी साधनले मापदण्डभन्दा बढी धुवाँ फाल्ने पाइएको हो ।
ती सवारी साधन प्रचलित कानुन अनुसार कारबाही गरिएको ट्राफिकले जनाएको छ । त्यस्तै, प्रहरीले आइतबार थानकोट क्षेत्रमा ६० गाडी चेकजाँच गर्दा ४० वटा फेल भएका थिए ।
मापदण्डभन्दा बढी धुवाँ फाल्ने सवारीसाधन चलाउँदा वायु प्रदूषण बढ्न गइ मानव स्वास्थ्यमा गम्भीर समस्या हुनुका साथै दुर्घटनाको जोखिम समेत हुने भएकाले सवारी साधनको अवस्था चेक जाँच गरी दुरुस्त अवस्थामा रहेका सवारी साधन मात्र चलाउन सम्पूर्ण चालकहरुलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले अनुरोध छ ।
The post उपत्यकामा गुड्ने ५९ वटा गाडीको प्रदूषण चेक गर्दा ५० फेल appeared first on RONB post.