फोर्थिङ फ्राइडे किन्न चाहने ग्राहकका लागि नयाँ अफर, ७ लाख रुपैयाँसम्म बचत हुने
काठमाडौं। विद्युतीय एसयूभी फोर्थिङ फ्राइडे किन्न चाहनेहरुका लागि नयाँ अफर सार्वजनिक भएको छ।
नेपालका लागि फोर्थिङ गाडीको आधिकारिक विक्रेता लक्ष्मी ई–मोबिलिटीले ‘एक्सचेन्ज एण्ड अपग्रेड टु फ्राइडे’ अफर सार्वजनिक गरेको हो।
फोर्थिङ फ्राइडेको खरिदमा ग्राहकले ७ लाख रुपैयाँसम्म बचत गर्न सक्ने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार अफरमा पुरानो गाडीको उचित मूल्यांकन र आकर्षक एक्सचेन्ज सुविधा छ।
यस्तै नयाँ गाडीको खरिदमा तुरुन्तै आकर्षक नगद छुट प्राप्त हुने, अटो प्लस इन्स्योरेन्स र सडक करको सुविधाका साथै आवश्यक एक्सेसरीज निःशुल्क उपलब्ध गराउने कम्पनीले शुक्रबार प्रेस विज्ञप्तिमार्फत जनाएको छ।
कम्पनीका अनुसार यो अफर सीमित अवधिका लागि हो।
The post फोर्थिङ फ्राइडे किन्न चाहने ग्राहकका लागि नयाँ अफर, ७ लाख रुपैयाँसम्म बचत हुने appeared first on BIZMANDU.