npl.977 Nepal News Stream

BIZMANDU logo BIZMANDU

एनएलजी इन्स्योरेन्सले सेयरधनीलाई ७ प्रतिशत लाभांश दिने, बोनस सेयर कति?

Sunil Kunwar 4 hours ago

काठमाडौं। एनएलजी इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ।

इन्स्योरेन्सको सञ्चालक समितिको सोमबार बसेको बैठकले सेयरधनीलाई आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट चुक्ता पुँजीको ७ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।

४ प्रतिशतले हुन आउने १० करोड २६ लाख ८ हजार ९७८ रुपैयाँ बराबरको बोनस सेयर र ३ प्रतिशतले हुन आउने ७ करोड ६९ लाख ५६ हजार ७३३ रुपैयाँ नगद लाभांश दिने निर्णय गरेको इन्स्योरेन्सले जनाएको छ।

कम्पनीको चुक्ता पुँजी अहिले २ अर्ब ५६ करोड ५२ लाख रुपैयाँ छ। नेपाल बीमा प्राधिकरणको स्वीकृति र कम्पनीको साधारण सभाबाट पारित भएपछि सेयरधनीले प्रतिफल पाउनेछन्।

कम्पनीले आर्थिक वर्ष २०८०/८१ मा २.५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।

The post एनएलजी इन्स्योरेन्सले सेयरधनीलाई ७ प्रतिशत लाभांश दिने, बोनस सेयर कति? appeared first on BIZMANDU.

Read more news from BIZMANDU

Explore by Source or Category