npl.977 Nepal News Stream

GandakNews logo GandakNews

कांग्रेसबाट निष्काशनमा परेका पूर्वमन्त्री कुमार खड्का रास्वपा प्रवेश गर्दै

गण्डक न्यूज 2 days ago

पोखरा । नेपाली कांग्रेसबाट निष्काशनमा परेका पूर्वमन्त्री कुमार खड्का राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गर्ने भएका छन् ।

खड्कालाई १ वर्षसम्म साधारण सदस्य समेत नरहने गरी कांग्रेस अनुशासन समितिले कारबाहीको निर्णय गरेको थियो ।

गण्डकी प्रदेशका मन्त्री विन्दुकुमार थापालाई निर्वाचनमा हराउनका लागि भूमिका खेलेको आरोप खड्कालाई छ । पार्टीको कारबाहीपछि असन्तुष्ट बनेका खड्काले आगामी १९ गते पोखरामा एक विशेष कार्यक्रमबिच रास्वपा प्रवेशको घोषणा गर्ने तयारी गरेका हुन् ।

कांग्रेसमा छिर्नुअघि उनी अखण्ड नेपाल पार्टीको अध्यक्ष थिए । सङ्घीयतापछि उक्त पार्टी काँग्रेसमा विलय गराएका हुन् । खड्का अखण्डमै हुँदा केन्द्रमा महिला बालबालिका मन्त्री बनेका थिए भने प्रदेशमा कांग्रेसबाट भौतिक पूर्वाधार विकास मन्त्री बनेका थिए ।

मन्त्री हुँदा आफ्नै वडा पोखरा १६ मा विकास बजेट खन्याएको भन्दै उनको आलोचना समेत भएको थियो । उनलाई ‘वडामन्त्री ’को संज्ञा समेत दिएका थिए।

Read more news from GandakNews

Explore by Source or Category