npl.977 Nepal News Stream

हाम्रो खेलकुद logo हाम्रो खेलकुद

फुलहमको जित

Prakash Timalsina 10 hours ago

एजेन्सी – क्रिसमसअघि भएको प्रिमियर लिगको अन्तिम खेलमा सोमवार फुलहमले नटिङ्घम फरेस्टलाई १-० ले हराएको छ

पहिलो हाफको इन्जुरी समयमा राउल जिमेनेजले पेनाल्टीमार्फत गोल गर्दै फुलहमलाई जित दिलाए। डगलस लुइजले बक्सभित्र केभिनलाई फाउल गरेपछि फुलहमले पेनाल्टी पाएको थियो।

खेलभर दुवै टोलीले धेरै अवसर बनाउन सकेनन्। फरेस्टका इगोर जेससले सुरुआती मिनेटमै मौका गुमाए भने दोस्रो हाफमा मोर्गन गिब्स–ह्वाइटका प्रहार लक्ष्यमा लागेनन्।

यो जितपछि फुलहम २३ अंकसहित १३ औं स्थानमा छ। नटिङ्घम फरेस्ट १७ औं‌ स्थानमा छ। रेलिगेसन क्षेत्रको टोलीको भन्दा फरेस्टको ५ अंक बढी छ।

The post फुलहमको जित first appeared on हाम्रो खेलकुद.

Read more news from हाम्रो खेलकुद

Explore by Source or Category