npl.977 Nepal News Stream

Insurance Khabar logo Insurance Khabar

हिमालयन लाइफ गण्डकी प्रदेश र अभिकर्ता संगठनको संयुक्त सहयोगमा न्यानो कपडा वितरण

नानु खड्का (निर्जला) 2 hours ago

काठमाडौं । हिमालयन लाइफ गण्डकी प्रदेश र अभिकर्ता संगठनको संयुक्त सहयोगमा न्यानो कपडा वितरण गरिएको छ । सयुक्त रुपमा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत श्री बराह माध्यमिक, माछापुच्छ्रे- ६ कास्कीमा चिसो मौसमलाई मध्यनजर गर्दै विद्यार्थीहरुका लागि सो कपडा वितरण गरिएको हो ।

शिक्षा: सुरक्षा . उज्यालो भविष्य भन्ने मुल नारा सहित उक्त विद्यालयका विद्यार्थीहरुका लागि न्यानो कपडा वितरण गरिएको हो । कार्यक्रममा हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी गण्डकी प्रदेश प्रमुख गणेश घमला, पेशागत बीमा अभिकर्ता संघ बीमक समितिका अध्यक्ष वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू,साथै शाखा प्रमुखहरूको विशेष उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको हो ।

यस योगदानले बीमा क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गहुनुको साथै, सो विद्यालयका विद्यार्थीहरुमा पनि राहत मिल्ने कम्पनीले विश्वास गरेको छ ।

कार्यक्रममा गण्डकी प्रदेश प्रमुख गणेश धमला र अभिकर्ता संगठन बीमकका अध्यक्ष रेशम गौतमले सामाजिक उत्तरदायित्वको कार्यमा हिमालयन लाइफ सधैं एक कदम अगाडि रहने प्रतिबद्धता समेत जाहेर गरे

Read more news from Insurance Khabar

Explore by Source or Category