अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा नेपालमा सुनको मूल्य आज स्थिर, चाँदी तोलामा १० रुपैयाँ घट्यो
काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा आज सुनको भाउ बढे पनि स्थानीय बजारमा शुक्रबार मूल्य स्थिर छ। चाँदीको मूल्य भने आज तोलामा १० रुपैयाँ घटेको छ।
बिहीबार सुन तोलामा ४ हजार ३०० रुपैयाँले बढेर प्रति तोला ३ लाख ४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। बुधबार सुन प्रति तोला १ हजार ५०० रुपैयाँ घटेर प्रति तोला ३ लाख ४०० रुपैयाँ थियो।
त्यस्तै,चाँदीको मूल्य तोलामा १० रुपैयाँ घटेर प्रति तोला ५ हजार ५० रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बिहीबार चाँदीको मूल्य तोलामा १८० रुपैयाँले बढेर प्रति तोला ५ हजार ६० रुपैयाँ थियो।
आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ५००४.७३ डलर छ। चाँदी प्रतिऔंस ७८.४२ डलर छ। बिहीबार सुन प्रति औंस ४९८८.२४ डलर र चाँदी प्रतिऔंस ७५.५५ डलर थियो।
The post अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा नेपालमा सुनको मूल्य आज स्थिर, चाँदी तोलामा १० रुपैयाँ घट्यो appeared first on BIZMANDU.