npl.977 Nepal News Stream

BIZMANDU logo BIZMANDU

रवि र बालेनको मिलन : रास्वपाले मेयर शाहलाई प्रधानमन्त्रीको प्रस्ताव गर्ने

Sahayog Ranjit 10 hours ago

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बाेलन) बीच सहकार्य गरेर अघि बढ्ने सहमति भएको छ।

सोमबार कमलपोखरी स्थित रास्वपा नेता असिम शाहको कार्यालयमा भएको करिब ६ घण्टा लामो संवादमा दुईजना बीच मिलेर अघि बढ्नेबारे समझदारी भएको हो।

छलफलका क्रममा बालेनलाई रास्वपाले प्रधानमन्त्रीको उम्मेदवारका रुपमा प्रस्ताव गर्ने बारे छलफल भएको असिम शाहले जानकारी दिए।

‘मिलेर जाने कुरा भयो। बालेनलाई रास्वपाले प्रधानमन्त्री प्रस्ताव गर्नेबारे कुरा भयो,’ उनले भने।

त्यस्तै, बालेन निकटको निर्वाचन आयोगमा दर्ता भएको देश विकास पार्टीसँग सहकार्य को मोडालिटी अघि बढाउनेबारे पनि छलफल भएको छ।

शाहका अनुसार रवि र बालेनबीच अन्य वैकल्पिक शक्तिसँग पनि एकता गरेर अघि बढ्नेबारे कुराकारी भएको छ।

रवि र बालेनबीच सहकार्य भएको सन्देश दिन दुवैजना कमलपोखरीबाट एउटै गाडीमा निस्किएका थिए।

The post रवि र बालेनको मिलन : रास्वपाले मेयर शाहलाई प्रधानमन्त्रीको प्रस्ताव गर्ने appeared first on BIZMANDU.

Read more news from BIZMANDU

Explore by Source or Category