npl.977 Nepal News Stream

BIZMANDU logo BIZMANDU

माघ महिनामा घट्यो स्मार्टफोन आयात, १ लाख ६२ हजार ६१४ थान भित्रियो

Pramila Bhatta 5 hours ago

काठमाडौं । माघमा स्मार्टफोनको आयात घटेको छ। पुस महिनामा भन्दा स्मार्टफोन आयात संख्या घटेको हो ।

चालु आर्थिक वर्षको पुस महिनामा १ लाख ८१ हजार ९५४ थान फोन आयात भएको थियो। माघ महिनामा १ लाख ६२ हजार ६१४ थान स्मार्टफोन आयात भएको छ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष ७ महिनामा २६ अर्ब ६८ करोड ७३ लाख ३५ हजार रुपैयाँ बराबरको १४ लाख १४ हजार ९३८ थान स्मार्टफोन आयात भएको हो ।

सो अवधिमा ४ अर्ब ९७ करोड ८० लाख ६५ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

The post माघ महिनामा घट्यो स्मार्टफोन आयात, १ लाख ६२ हजार ६१४ थान भित्रियो appeared first on BIZMANDU.

Read more news from BIZMANDU

Explore by Source or Category