npl.977 Nepal News Stream

Taksar News logo Taksar News

रास्वपाकाे ‘वाचा पत्र २०८२’ सार्वजनिक, देश रूपान्तरणको लक्ष्य

टक्सार न्युज 12 hours ago

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज कर्णाली प्रदेशबाट आगामी निर्वाचनका लागि तयार पारेको ‘वाचा पत्र २०८२’ सार्वजनिक गरेको छ।

‘थिति बसाल्ने सङ्कल्प’ शीर्षकमा तयार गरिएको यस वाचा पत्रले देशको प्रशासनिक सुधार, आर्थिक विकास, सामाजिक न्याय, पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र सीमा सुरक्षामा व्यापक रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

पारदर्शिता, प्रविधिको प्रयोग र राजनीतिक शुद्धीकरणमार्फत देशलाई स्थायीत्वपूर्ण विकासतर्फ लैजाने उद्देश्यका साथ तयार पारिएको वाचा पत्रमा सुशासन र प्रशासनिक सुधार, भ्रष्टाचार नियन्त्रण, मन्त्रालय कटौती, डिजिटल सेवा प्रवाह, आर्थिक समृद्धि र रोजगार सृजनासँगै सामाजिक सुरक्षा र स्वास्थ्य, गुणस्तरीय शिक्षा, ऊर्जा र यातायात सुधार, कृषि तथा पर्यटनको प्रवर्द्धन, परराष्ट्र र सीमा सुरक्षा जस्ता रणनीतिहरू समेटिएका छन्।

Read more news from Taksar News

Explore by Source or Category