एभरेष्ट बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत, थपियो ७७ लाख ६६ हजार कित्ता
Sunil Kunwar
|
9 hours ago
काठमाडौं। एभरेष्ट बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ। आइतबार बैंकको ७७ लाख ६६ हजार ८१६.५६ कित्ता सेयर नेप्सेमा थपिएको हो।
एभरेष्ट बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ६ प्रतिशत बोनस सेयर र १४ प्रतिशत नगद लाभांश वितरण गरेको थियो। बोनस सेयर नेप्सेमा सूचीकृत भएसँगै भोलिदेखि कारोबारमा आउनेछ।
आइतबार एभरेष्टको सेयर मूल्य प्रति कित्ता ६५२ रुपैयाँ छ।
The post एभरेष्ट बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत, थपियो ७७ लाख ६६ हजार कित्ता appeared first on BIZMANDU.