npl.977 Nepal News Stream

Insurance Khabar logo Insurance Khabar

आगामी साताभित्र मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा आउने, नीतिगत फेरबदल के होला ?

जयराम गौतम 7 hours ago

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी साताभित्र चालु आर्थिक वर्ष २०८२।८३ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा ल्याउने तयारी गरिरहेको छ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा भएको व्यवस्थाअनुसार नयाँ आर्थिक वर्ष सुरु भएको १५ दिनभित्र वार्षिक मौद्रिक नीति ल्याउनुपर्छ। हरेक त्रैमास र अर्धवार्षिक समीक्षा त्रैमास सकिएको ४५ दिनभित्र ल्याउनुपर्ने प्रावधान रहेको छ।

सोही प्रावधानबमोजिम आगामी साताभित्र मौद्रिक समीक्षा ल्याउने गरी काम भइरहेको केन्द्रीय बैंकका कार्यकारी निर्देशक एवं प्रवक्ता गुरुप्रसाद पौडेलले जानकारी दिए। ‘त्रैमासिक सकिएको ४५ दिनभित्र मौद्रिक समीक्षा ल्याउनैपर्ने प्रावधान छ, त्यसैले शुक्रबारसम्म मौद्रिक समीक्षा सार्वजनिक हुन्छ’, उनले भने।

अहिले आर्थिक अनुसन्धान विभागमा मौद्रिक समीक्षा तयार गर्ने काम भइरहेको पौडेलले जानकारी दिए। ‘२–३ दिनभित्र विभागले मौद्रिक समीक्षा तयार गरी म्यानेजमेन्ट कमिटीमा पठाउन सक्छ’, उनले भने, ‘त्यसपछि कमिटीले सञ्चालक समितिमा पेस गर्ने हो।’

त्यसो त यही फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता लागू भएको अवस्थामा मौद्रिक समीक्षामा नीतिगत व्यवस्थामा फेरबदल होला वा नहोला भन्ने विषयमा सबैको चासो देखिएको छ। यसमा विषयमा प्रवक्ता पौडेलले आर्थिक अनुसन्धान विभागले आचारसंहिता उल्लंघन नहुने गरी काम गरिरहेको हुन सक्ने बताए। ‘नियमित प्रक्रिया भएकोले मौद्रिक समीक्षा ल्याउन आचारसंहिताले कुनै असर गर्दैन’, उनले भने, ‘तर, केही फेरबदल गर्नुपर्ने अवस्थामा सम्बन्धित विभागले नै निर्वाचन आयोगसँग परामर्श गर्न सक्छ। विभागले परामर्श गरिरहेको छ वा छैन भन्ने विषयमा म जानकार छैन।’

Read more news from Insurance Khabar

Explore by Source or Category