npl.977 Nepal News Stream

नेपाल न्युज logo नेपाल न्युज

सहकारी ठगी : गोर्खा मिडियाका सञ्चालक छविलाल धरौटीमा रिहा

नेपालन्युज 2 hours ago

बुटवल। सहकारी ठगी प्रकरणमा कारगारमा रहेका तत्कालीन गोर्खा मिडियाका सञ्चालक एवं पूर्वडीआईजी छविलाल जोशी रिहा भएका छन्। रुपन्देही जिल्ला अदालतका न्यायाधीश डिल्लीराम शर्मा अर्यालको इजलासले जोशीलाई धरौटीमा रिहा गर्न आइतबार आदेश दिएको हो।

जोशी तीन करोड बैंक जमानत बुझाएर आइतबारै रिहा भएका छन्। थुनाबाहिर बस्न पाउँ भनी उनले दिएको निवेदनमाथि सुनुवाइ गर्दै उच्च अदालत बुटवलले मिसिल पुनः जिल्लामै फिर्ता पठाउने आदेश दिएको थियो।

बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराध अभियोगमा उनी थुनामा थिए। उनीसँगै थुनामा रहेका रास्वपा सभापति रवि लामिछानेलाई भने यही ३ पुसमा उच्च अदालतले थुनामुक्त गर्ने आदेश दिएको थियो। लामिछाने तीन करोड ७४ लाख ८४ हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए।

रिहा भए लगत्तै लामिछाने आफ्नो पार्टीका नेताहरुलाई साथमै लिएर प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न आइतबार साँझ बालुवाटार पुगेका थिए।

Read more news from नेपाल न्युज

Explore by Source or Category