npl.977 Nepal News Stream

GandakNews logo GandakNews

बृद्धभत्ता दिन हामीले सुरु गरेका हौँ: माधव नेपाल

गण्डक न्यूज 1 day ago

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव नेपालले ५१ देखि आफ्नो योजनामा वृद्धा भत्ता दिन थालिएको बताएका छन्।

आफ्नो चुनाव क्षेत्रका मतदातालाई सम्बोधन गर्दै गरिबी अन्त्य, बेरोजगारलाई रोजगार, घर नहुनेले घर, जमिन नहुनेले जमिन व्यवस्था गर्न पहल गर्ने बताए।

उनले भने, ‘यही उद्देश्यका साथ ५१ सालमा सरकारमा थियौँ, वृद्ध भत्ता दिने काम सुरु गर्‍यौँ। आजसम्म भारतमा पनि यति धेरै पैसा मिल्दैन, नेपालमा ४ हजार रुपैयाँ पुगेको छ। यो सुरु गर्ने प्रधानमन्त्री मनमोहन अधिकारी र योजना ल्याउने हामी माधव नेपाल थियो। अपाङ्गता भएकाहरू र विधवाहरूको भत्ताका लागि पनि हामीले पहल गर्‍यौँ।’

उनले रौतहटमा सडक, पुल, बागमती र बकैया नदीको बाढीले गर्दा जमिन डुबान हुने समस्या सबै समाधान गर्ने बताए।

उनले थपे, ‘बागमती र बकैयामा बाँध बनाउने काम हामी सरकारमा हुँदा नै सुरु गरेका हौँ। आज गौर, दुर्गा भगवती, राजदेवी, यमुनामाई सबैतिरका जनताले केही सहारा पाएका छन्। तर अझै धेरै काम बाँकी छ। यी समस्या समाधान गर्न बलियो र हिम्मत भएको मान्छे चाहिन्छ। अहिले चुनावको मैदानमा धेरै उम्मेदवारहरू आएका छन्। कतिले झुटो कुरा गरिरहेका छन्। कसैले भन्छन् माधव नेपालले पुल बनाएको होइन। तर म भन्छु यो पुल बनाउने श्रेय माधव नेपाललाई नै जान्छ।’

गौर–चन्द्रनिगाहापुर सडकलाई डबल लेन र फोर लेन बनाउने काम अगाडि बढाएको समेत बताए।

Read more news from GandakNews

Explore by Source or Category