वेलिंगटनको जितमा साम्बाको २ गोल
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ।
१-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो।
३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को अग्रता बनायो। ५४औँ मिनेटमा जेलीले अर्को गोल गरिन् । ६९औँ मिनेटमा साम्बाले व्यक्तिगत दोस्रो गोल गरिन् ।
८०औँ मिनेटमा आत्मघाती गोलमा वेलिगंटनले ६-० को अग्रता बनायो । अन्तिम मिनेटमा वेलिगंटनले अर्को गोल थप्यो र फराकिलो जित दर्ता गरायो ।
११ टोली सम्मिलित लिगमा वेलिंगटन ६ खेलमा ८ अंकसहित सातौं स्थानमा छ। १ खेल बढी खेलेको सिड्नी ९ अंकसहित छैटौं स्थानमा छ।
मेलवर्न भिक्ट्री ८ खेलमा १५ अंकसहित शीर्ष स्थानमा छ। साम्बा यहि सिजन वेलिंगटनमा आबद्ध भएकी हुन्।
The post वेलिंगटनको जितमा साम्बाको २ गोल first appeared on हाम्रो खेलकुद.