पोहोरभन्दा बढ्यो माघमा निर्यात, भटमाससँगै सूर्यमुखी तेलको निर्यात पनि बढ्दो
काठमाडौं। चालु आर्थिक वर्षको ७ महिनामा नेपाली उत्पादनको निर्यात बढेको तथ्यांकले देखिएको छ। भन्सार विभागले जारी गरेको निर्यात तथ्यांकमा यो दर देखिएको हो।
पुस महिनाभन्दा माघमा निर्यात १८ प्रतिशले बढेको छ। गत महिनासम्म भटमास तेल, अलैंची र गलैचा पछि चौथो स्थानमा रहेको सूर्यमुखी तेलको निर्यात बढेर यो पटक दोस्रो स्थानमा आइपुगेको छ।
चालु आर्थिक वर्षको ७ महिनामा निर्यात हुने पहिलो वस्तुमा भटमासको तेल नै पहिलो स्थानमा छ। करिब ६६ अर्ब ७८ करोड ८७ लाख रुपैयाँको ३२ करोड ४१ लाख १९ हजार केजी भन्दा बढी भटमानको तेल निर्यात भएको हो।
अलैँची निर्यात ८ अर्ब ६१ करोड रुपैयाँको ४१ लाख ५३ हजार १५० केजी भएको छ। सूर्यमुखी तेलको निर्यात गत महिनाको भन्दा बढेको छ। ५ अर्ब ७८ करोड ४७ लाख रुपैयाँको ५ करोड ४९ लाख ४५ हजार भन्दा बढी लिटर सूर्यमुखी तेल निर्यात भएको हो।
माघ मसान्तसम्म ५ अर्ब ७१ करोड रुपैयाँको गलैंचा निर्यात भएको छ। ४ अर्ब एक करोड रुपैयाँको जुटको सामान पनि निर्यात भएको छ।
गत आर्थिक वर्षको माघ समान्तसम्म ३२ अर्ब ४१ करोड रुपैयाँको १५ करोड ८१ लाख केजी भन्दा बढी भटमासको प्रशोधित तेल निर्यात भएको थियो। सो अवधिमा ६ अर्ब २४ लाख रुपैयाँको २ करोड ७५ लाख ७५ हजार लिटर भन्दा बढी सूर्यमुखी तेल निर्यात भएको थियो। त्यस्तै, ६ अर्ब ४६ करोड रुपैयाँको गलैंचा र ५ अर्ब ३९ करोड रुपैयाँको अलैँची निर्यात भएको थियो।
The post पोहोरभन्दा बढ्यो माघमा निर्यात, भटमाससँगै सूर्यमुखी तेलको निर्यात पनि बढ्दो appeared first on BIZMANDU.