सोमबार १३.८८ अंकले घट्यो नेप्से परिसूचक, बजार २५८१.२१ बिन्दुमा
काठमाडौँ । साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । सोमबार नेप्से परिसूचक १३.८८ अंकले घटेर २५८१.२१ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३३२ कम्पनीको ९१ लाख ६७ हजार ३५९ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ३ अर्ब ५१ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार लुम्बिनी विकास बैंक लिमिटेडको भएको छ । यस कम्पनीको १० करोड ३० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आजको बजारमा एसवाई प्यानलका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।
यता, मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशतभन्दा धेरैले घटेको छ ।
नेपाली सेयर बजारको थप विवरण पाउन र मार्केट डेप्थ हेर्न अर्थ सरोकार डटकमको सेयर बजार पोर्टल हेर्न सकिन्छ ।