npl.977 Nepal News Stream

Saral patrika logo Saral patrika

निर्वाचनमा शिक्षकको जिम्मेवारीप्रति महासङ्घको आपत्ति

Saral Patrika 8 hours ago

काठमाडौँ। नेपाल शिक्षक महासङ्घले आगामी निर्वाचनमा खटाइने शिक्षकहरूको जिम्मेवारी र मर्यादाका विषयमा गम्भीर आपत्ति जनाएको छ।

फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न मतदान केन्द्रमा खटाइएका शिक्षकहरूलाई कनिष्ठ जिम्मेवारी दिइएको भन्दै महासङ्घले शुक्रबार प्रेस विज्ञप्ति जारी गरेको हो।

महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुला बहादुर थापाद्वारा जारी विज्ञप्तिमा निर्वाचन कार्यमा शिक्षकहरूलाई खटाउँदा उनीहरूको तह र श्रेणीलाई पूर्ण रूपमा बेवास्ता गरिएको उल्लेख छ।

विभिन्न जिल्लाहरूबाट प्राप्त जानकारी अनुसार, वरिष्ठ शिक्षकहरूलाई समेत कनिष्ठ स्तरको जिम्मेवारी दिइएको भन्दै महासङ्घले यसलाई विभेदकारी कदम बताएको छ।

शिक्षकलाई निर्वाचनमा खटाउँदा निजले अध्यापन गरिरहेको तह र श्रेणी अनुसारको उपयुक्त जिम्मेवारी दिन महासङ्घले निर्वाचन आयोगसँग माग गरेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘शिक्षकको मर्यादामा आघात पुग्ने गरी दिइएका यस्ता जिम्मेवारी सम्पन्न गर्न शिक्षकहरू बाध्य हुने छैनन्’। महासङ्घले यस विषयमा गम्भीर हुन निर्वाचन आयोगलाई कडा चेतावनी समेत दिएको छ।

Read more news from Saral patrika

Explore by Source or Category