npl.977 Nepal News Stream

RONB post logo RONB post

यसरी सञ्चालन हुन्छ मतदान प्रक्रिया, डेमो प्रदर्शन (फोटोफिचर)

RONB Post 14 hours ago

काठमाडौं । नेपाल प्रहरी शिक्षालय भरतपुरमा निर्वाचन सुरक्षा सम्बन्धी व्यवहारिक अभ्यास अन्तर्गत नमुना मतदान केन्द्र निर्माण तथा मतदान कार्यको डेमो प्रदर्शन कार्यक्रम भएको छ।

कार्यक्रममा शिक्षालयका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक तारा देवी थापा, सह-समादेशक प्रहरी उपरीक्षक रंजित सिंह राठौर, प्रहरी नायव उपरीक्षकहरू, प्रहरी निरीक्षकहरू, सुवेदार मेजर, जुनियर प्रहरी अधिकृतहरू, प्रशिक्षक वर्ग, प्रहरी कार्यालय सहयोगीहरू लगायतको उपस्थिति रहेको थियो।

साथै प्रहरी सहायक निरीक्षक आधारभूत तालिम २–१८० औं समूहका प्रशिक्षार्थी प्रहरी सहायक निरीक्षकहरू र प्राविधिक प्रहरी जवान आधारभूत तालिम २–४ औं समूहमा सहभागी सम्पूर्ण प्राविधिक प्रहरी जवानहरूको सक्रिय सहभागिता रहेको थियो।

निर्वाचन सुरक्षा सम्बन्धी व्यवहारिक अभ्यासलाई प्रभावकारी बनाउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा नमुना मतदान केन्द्र स्थापना, मतदान प्रक्रियाको अभ्यास, सुरक्षा व्यवस्थापन, भीड नियन्त्रण तथा आकस्मिक अवस्थाको व्यवस्थापन सम्बन्धी व्यवहारिक प्रशिक्षण प्रदान गरिएको थियो।

कार्यक्रमले सहभागी प्रशिक्षार्थीहरूलाई निर्वाचनको समयमा निर्वाह गर्नुपर्ने जिम्मेवारी, सुरक्षा रणनीति तथा समन्वय सम्बन्धी ज्ञान र सीप अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याएको शिक्षालयले जनाएको छ।

तस्बिर : नेपाल प्रहरी शिक्षालय भरतपुर

The post यसरी सञ्चालन हुन्छ मतदान प्रक्रिया, डेमो प्रदर्शन (फोटोफिचर) appeared first on RONB post.

Read more news from RONB post

Explore by Source or Category