रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित
नेपाल न्युज
|
7 hours ago
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भैरहवा र पोखरामा तय भएको चुनावी सभा स्थगित गरेको छ।
पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले सम्बोधन गर्न तय भएको सभा विशेष कारणले हालका लागि स्थगित गरिएको सहप्रवक्ता प्रतिभा रावलले बताइन्।
हिजो दाङमा नेकपा एमालेको झन्डा जलाएपछि नेता कार्यकर्ताहरु रुष्ट देखिएका छन्। यसले द्वन्द्व निम्तिनसक्ने देखिएकाले रास्वपाले तत्काललाई सभा स्थगित गरेको हो।
