npl.977 Nepal News Stream

Insurance Khabar logo Insurance Khabar

बीमा उद्योगका लागि जेनेरेटिभ एआईले ७० अर्ब डलरसम्म आम्दानी उत्पन्न गर्न सक्छः म्याककिन्से

जयराम गौतम 7 hours ago

काठमाडां । कृत्रिम बुद्धिमत्ता (एआई)ले विश्व बीमा उद्योगलाई पुनः आकार दिँदै गर्दा निजी इक्विटी लगानीकर्ताले बीमा सम्पत्तिमा लगानी गर्न जारी राखेका छन्।

फेब्रुअरी २०२६ मा म्याककिन्से एन्ड कम्पनीले जारी गरेको प्रतिवेदनअनुसार सन् २०२५ मा समग्र बीमा सम्झौता प्रवाहमा गिरावट आए पनि बीमा क्षेत्र भने सक्रिय रह्यो। कुल सम्झौता गणनाको लगभग ७० प्रतिशत ओगटेको ब्रोकर लेनदेनहरु बजार परिपक्व हुँदै जाँदा वर्ष–दर–वर्ष लगभग २० प्रतिशतले घट्यो।

म्यानेजिङ जनरल एजेन्ट(एमजीए)हरुले बीमा सम्झौता प्रवाहको लगभग ५ प्रतिशतका लागि जिम्मेवार थिए। जब कि थर्ड–पार्टी एड्मिनिस्ट्रेटर (टीपीए)ले विगत ५ वर्षमा लगभग १५ प्रतिशतको औसत वार्षिक बीमा सम्झौता वृद्धि गरेका छन्।

आवर्ती राजस्वद्वारा समर्थित बीमा सफ्टवेयर र डाटा प्रदायकहरुमा लगानी पनि निरन्तर रहेको प्रतिवेदनमा उल्लेख छ। ‘अमेरिकाले बीमा गतिविधिको नेतृत्व गर्यो’, प्रतिवेदनमा भनिएको छ, ‘सन् २०२० देखि २०२५ सम्म बीमामा अमेरिकी निजी इक्विटी लगानी वार्षिक रुपमा २६ प्रतिशतले बढेको छ।’

सन् २०२५ को पहिलो ६ महिनामा भएका १६४ सम्झौतामा अमेरिकी सम्झौताको मात्रा ६.३ अर्ब डलर पुगेको छ। यसको विपरीत युरोपमा लगानी गरिएको पुँजी लगभग १८ प्रतिशतको औसत वार्षिक दरमा घटेको छ।

म्याकिन्सेको अनुमान छ कि विशेष गरी मार्केटिंग र बिक्री, ग्राहक सञ्चालन र सफ्टवेयर इन्जिनियरिङमा जेनेरेटिभ एआईले बीमा उद्योगका लागि ५० अर्ब डलरदेखि ७० अर्ब डलर अतिरिक्त आम्दानी उत्पन्न गर्न सक्छ।

एमजीए सबैभन्दा छिटो बढ्दो क्षेत्रहरुमध्ये एक भएको छ। अमेरिकी प्रिमियम सन् २०२० मा ४७ अर्ब डलरबाट बढेर सन् २०२४ मा ९७ अर्ब डलर पुगेको छ। जुन लगभग १४ प्रतिशतको चक्रवृद्धि वार्षिक वृद्धिदर हो।

म्याकिन्सेका अनुसार एआईले अन्डरराइटिङ र कोटेसन समयलाई हप्ताबाट दिनमा र केही अवस्थामा दुईदेखि तीन दिनबाट एकदेखि दुई घन्टामा घटाउन मद्दत गरिरहेको छ। प्रतिवेदनले एआईले अवस्थित बीमा मोडेलहरुलाई प्रतिस्थापन गर्नुको सट्टा पुनः आकार दिने सम्भावना बढी रहेको जनाएको छ। ‘प्रतिफल कम्पनीहरुले प्रविधिलाई कति प्रभावकारी रुपमा अपनाउँछन् र मापन गर्छन् भन्ने कुरामा निर्भर गर्दछ’, प्रतिवेदनमा भनिएको छ। –एजेन्सी

Read more news from Insurance Khabar

Explore by Source or Category