npl.977 Nepal News Stream

RONB post logo RONB post

रास्वपा ‘परिवर्तन उद्घोष सभा’ मा उर्लिएको भीड

RONB Post 1 day ago

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज धनगढीमा चुनावी प्रचारप्रसारका लागि हामी आयौँ भन्ने नाराका साथ परिवर्तन उद्घोष सभा गरेको छ।

 

यो चुनावी सभालाई रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले सम्बोधन गरेका छन् ।

सभामा सहभागी हुन सुदूरपश्चिमका विभिन्न जिल्लाबाट रास्वपाका उम्मेदवार, अगुवा नेता–कार्यकर्ताहरुको धनगढीमा बाक्लो उपस्थिती रहेको थियो ।

धनगढीमा रास्वपाको क्रेज रहेकोले हजारौं समर्थकले घेरेपछि रबि र बालेनलाई कार्यक्रम स्थल सम्म पुग्नै हम्मेहम्मे समेत भएको थियो। धनगढीमा पहिलो उद्घोष सभा हो भने भोली सुर्खेतमा रहेको छ ।

The post रास्वपा ‘परिवर्तन उद्घोष सभा’ मा उर्लिएको भीड appeared first on RONB post.

Read more news from RONB post

Explore by Source or Category