शुभम हेल्थकेयर प्रोडक्ट्स वाणिज्य विभागको कारबाहीमा, तिरायो २ लाख १ हजार जरिबाना
Sarala Subedi
|
7 hours ago
काठमाडौं। वीरगंजस्थित शुभम हेल्थकेयर प्रोडक्ट्स प्रालि कारबाहीमा परेको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले शुभम हेल्थकेयरलाई जरिबाना तिराएको छ।
विभागको टोलीले शुक्रबार अनुगमनका क्रममा शुभम हेल्थकेयरलाई २ लाख १ हजार रुपैयाँ जरिबाना तिराएको हो।
अनुगमनका क्रममा भक्तपुरका विभिन्न ४ वटा व्यावसायिक फर्मलाई सामान्य निर्देशन दिएको विभागले जनाएको छ।
The post शुभम हेल्थकेयर प्रोडक्ट्स वाणिज्य विभागको कारबाहीमा, तिरायो २ लाख १ हजार जरिबाना appeared first on BIZMANDU.