npl.977 Nepal News Stream

Insurance Khabar logo Insurance Khabar

मिथिल लघुवित्तको १५% लाभांश घोषणा

जयराम गौतम 22 hours ago

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८१।८२ का लागि लाभांश घोषणा गरेका छन्।

संस्थाको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको कुल १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा १४.२५ प्रतिशतले हुन आउने ३ करोड १९ लाख १० हजार ४७३.६२ रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.७५ प्रतिशतले हुन आउने १६ लाख ७९ हजार ४९८.६१ रुपैयाँबराबरको नगद लाभांश छन्।

यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

 

Read more news from Insurance Khabar

Explore by Source or Category