ग्रामीण विकास लघुवित्तको सेयर कारोबार फुकुवा, ओपनिङ रेन्ज ८०४.९१ रुपैयाँ
Sunil Kunwar
|
5 hours ago
काठमाडौं । मर्जरका लागि रोक्का रहेको ग्रामीण विकास लघुवित्त वित्तीय संस्था र समाज लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार फुकुवा भएको छ।
नेपाल स्टक एक्सचेन्जले सोमबार लघुवित्तको सेयर कारोबार फुकुवा गरेको हो। साबिकको ग्रामीण विकास लघुवित्त वित्तीय संस्था र समाज लघुवित्त १:१ को अनुपातमा मर्जर भएका छन्।
मर्जरपछि कायम लघुवित्तको १ करोड ५३ हजार ५०० कित्ता सेयर सूचीकृत भएको हो। मर्जरपछि ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार सुरु गर्ने भएका छन्।
मर्जरपछि लघुवित्तको पहिलो कारोबार ८०४.९१ रुपैयाँमा खुल्नेछ।
The post ग्रामीण विकास लघुवित्तको सेयर कारोबार फुकुवा, ओपनिङ रेन्ज ८०४.९१ रुपैयाँ appeared first on BIZMANDU.