npl.977 Nepal News Stream

Kendrabindu logo Kendrabindu

विश्वकपमा जिम्बाब्वेको ऐतिहासिक जित, श्रीलंका ६ विकेटले स्तब्ध

इन्द्र कमल रोक्का 14 hours ago

काठमाडाैं । आईसीसी टी-२० विश्वकपको समूह चरणको एक रोमाञ्चक खेलमा जिम्बाब्वेले घरेलु टोली श्रीलंकालाई ६ विकेटले पराजित गर्दै स्तब्ध पारेको छ। कोलम्बोस्थित आर. प्रेमदासा स्टेडियममा भएको खेलमा १७९ रनको लक्ष्य पछ्याएको जिम्बाब्वेले ३ बल बाँकी छँदै ४ विकेट गुमाएर जित हासिल गरेकाे हाे ।

जिम्बाब्वेको जितमा युवा ब्याटर ब्रायन बेनेटले कप्तानी इनिङ खेले। उनले ४८ बलमा अविजित ६३ रन जोड्दै टोलीलाई अन्त्यसम्म सम्हालेका थिए।

उनलाई अनुभवी अलराउन्डर सिकन्दर राजाले विष्फोटक साथ दिए। राजाले मात्र २६ बलमा ४५ रनको योगदान दिएपछि जिम्बाब्वेले १९.३ ओभरमै १८२ रन बनाउँदै लक्ष्य पूरा गर्‍यो। ओपनर ताडिवानासे मरुमानीले पनि २६ बलमा ३४ रनको महत्वपूर्ण पारी खेलेका थिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७८ रनको चुनौतीपूर्ण योगफल तयार पारेको थियो। श्रीलंकाका लागि ओपनर पथुम निसान्काले ४१ बलमा ६२ रनको शानदार अर्धशतकीय पारी खेलेका थिए भने पवन रथनायकेले २५ बलमा आक्रामक ४४ रन जोडेका थिए।

बलिङतर्फ जिम्बाब्वेका ग्रेम क्रेमरले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए। त्यस्तै ब्राड इभान्स र ब्लेसिङ मुजराबानीले पनि समान २–२ विकेट लिएका थिए।

Read more news from Kendrabindu

Explore by Source or Category