npl.977 Nepal News Stream

नेपाल न्युज logo नेपाल न्युज

‘चीन-नेपाल सम्बन्ध अद्वितीय छ’

नेपालन्युज 18 hours ago

काठमाडौँ। नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको सम्बन्ध अद्वितीय रहेको बताउँदै आफू जहाँ रहे पनि नेपालको विकास प्रयासमा सघाउने प्रतिबद्धता जनाएका छन्।

आफ्नो तीन वर्षे कार्यकाल पूरा गरी आगामी बुधबार स्वदेश फर्कन लागेका राजदूत छनले चिनियाँ दूतावासमा आयोजित बिदाइ समारोहमा आफू जुनसुकै जिम्मेवारीमा रहे पनि नेपाललाई सक्दो सहयोग गरिरहने आश्वासन दिए। नेपाल र नेपाली आफ्नो मनमष्तिष्कमा सधैँ रहने उल्लेख गर्दै उनले नेपाल सरकार, कर्मचारीवर्ग, कूटनीतिक वृत्तका सहकर्मी, सञ्चारकर्मीका साथै नेपाली समाजका हरेक क्षेत्रबाट प्राप्त सहयोगप्रति हार्दिक आभार व्यक्त गरे।

समारोहमा मन्त्रिपरिषद्का सदस्य, कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, पूर्वमन्त्री, उद्योगपति, सञ्चारकर्मी, कलाकारलगायत समाजका प्रतिष्ठित व्यक्तिको उपस्थिति थियो।

Read more news from नेपाल न्युज

Explore by Source or Category