npl.977 Nepal News Stream

Insurance Khabar logo Insurance Khabar

स्वरोजगार लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

जयराम गौतम 22 hours ago

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८१।८२ का लागि लाभांश घोषणा गरेका छन्।

संस्थाको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ७८ करोड ३९ लाख २४ हजार ४०३ रुपैयाँको कुल १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा १४.२५ प्रतिशतले हुन आउने ११ करोड १७ लाख ९ हजार २२८ रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.७५ प्रतिशतले हुन आउने ५८ लाख ७९ हजार ४३३.०२ रुपैयाँबराबरको नगद लाभांश छन्।

यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

 

Read more news from Insurance Khabar

Explore by Source or Category