npl.977 Nepal News Stream

Taksar News logo Taksar News

नेपालको वैदेशिक व्यापार २० प्रतिशतले बढ्यो

टक्सार न्युज 21 hours ago

काठमाडौँ । नेपालले चालू आर्थिक वर्षको ५ महिनामा ८ खर्ब ८२ अर्ब रूपैयाँभन्दा बढीको वैदेशिक व्यापार गरेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालले आर्थिक वर्ष २०८२/८३ को पहिलो ५ महिनामा ८ खर्ब ८२ अर्ब ६९ करोड ८२ लाख २९ हजार रूपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ । नेपालको वैदेशिक व्यापार गत आर्थिक वर्षको तुलनामा २०.०७ प्रतिशतले बढेको हो ।

नेपालको व्यापार घाटा १०.५२ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको पहिलो पाँच महिनामा ५ खर्ब ८७ अर्ब ८२ करोड ८८ लाख २२ हजार रूपैयाँ रहेको व्यापार घाटा चालू आर्थिक वर्षको सोही अवधिमा ६ खर्ब ४९ अर्ब ६८ करोड १ लाख ५६ हजार रूपैयाँ पुगेको छ ।

नेपालले चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा ७ खर्ब ६६ अर्ब १८ करोड ९१ लाख ९२ हजार रूपैयाँ बराबरको आयात गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिमा तुलनामा १५.८३ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा नेपालले ६ खर्ब ६१ अर्ब ४८ करोड ८५ लाख ९४ हजार रूपैयाँ बराबरको आयात गरेको थियो ।

नेपालको निर्यात ५८.१७ प्रतिशतले बढेको छ । चालू आर्थिक वर्षको मंसिरसम्म नेपालले एक खर्ब १६ अर्ब ५० करोड ९० लाख ३६ हजार रूपैयाँ बराबरको निर्यात गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ७३ अर्ब ६५ करोड ९७ लाख ७१ हजार रूपैयाँ बराबरको निर्यात गरेको थियो ।

Read more news from Taksar News

Explore by Source or Category