npl.977 Nepal News Stream

Online Tv Nepal logo Online Tv Nepal

प्रधानमन्त्री कार्कीले चुनाव गराउन नसक्ने भन्दै मिराज ढुंगाना समूह आन्दोलनमा

अनलाइन टीभी नेपाल 1 day ago

काठमाडौं । वर्तमान सरकार सर्वपक्षीय बनाउनुपर्ने मागसहित मिराज ढुंगाना नेतृत्वको जेनजी समूहले आन्दोलनको घोषणा गरेको छ । आइतबार पत्रकार सम्मेलन गर्दै जेनजी समूहले सडकमा रहेका सबै जेनजी अभियन्ता,घाइते तथा सहिद परिवारलाई समेटेर लैजाने योजनासहित सोमबार संयुक्त आन्दोलन गर्ने घोषणा गरे‍को हो।

ढुंगाना नेतृत्वको समूहसँगै अन्य ३० बढी जेनजी समूह पनि आन्दोलनमा सहभागी हुनेछन्। जेनजी अभियन्ता ढुंगानाले आन्दोलन शान्तिपूर्ण रहने जानकारी दिए। उनका अनुसार आन्दोलन माइतीघरबाट बिहान ११ बजेबाट सुरू हुनेछ। प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले आन्दोलनको मर्म बुझ्न नसकेको बताउँदै उनले सरकारको विकल्प आवश्यक रहेको बताए।

सर्वपक्षीय सरकार गठनको माग गर्दै आन्दोलनको तयारी गरेको उनले जानकारी दिए। ‘जुन उद्देश्यले आन्दोलन गरिएको थियो त्यो पूरा हुन सकेन। प्रधानमन्त्री सुशीला कार्कीबाट निर्वाचन पनि हुँदैन। दलहरूमा पनि उहाँले निर्वाचन गर्नुहुन्छ भन्ने विश्वास पनि छैन,’ उनले भने, ‘पहिला सरकारको वैधानिकता पनि थिएन। अहिले सरकारको औचित्य पनि छैन।’

Read more news from Online Tv Nepal

Explore by Source or Category