सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडिएपछि मूल्यांकन गरिँदै
काठमाडौं । राष्ट्रिय गौरवको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँध (हेडवक्र्स), विद्युत गृहलगायतका सिभिल संरचना, गेट लगायतका हाइड्रो मेकानिकल उपकरण आपूर्ति तथा जडानको कामको ठेक्का तोडिए पछिको मूल्यांकन भइरहेको छ।
आयोजनाले २४ कात्तिकमा उक्त प्याकेज निर्माणका लागि पटेल-रमण जेभी, जनकपुर-९ धनुषासँगको ठेक्का सम्झौता तोड्ने १४ दिने सार्वजनिक सूचना जारी गरेको थियो। सम्झौतामा भएको व्यवस्था बमोजिम गत ८ मंसिरबाट ठेक्का तोडिएको थियो।
सम्झौताबमोजिम ठेक्का तोडेपछि निर्माण व्यवसायीका सम्पूर्ण उपकरण, साइट कार्यालय, निर्माणस्थल आयोजनाले आफ्नो नियन्त्रणमा लिएको छ।
आयोजनाको अहिलेसम्म भएको काम, त्यहाँ रहेका उपकरण, बाँकी रहेका तथा थप गर्नुपर्ने कामलगायतको मूल्यांकन गरी लागत अनुमान तय गर्ने एवम् टेण्डरका कागजात बनाउने काम गरिरहेको छ।
सोमबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले रामछापको मन्थली पुगेर आयोजनाको स्थितिबारे अनुगमन गरेका छन्। उनले छिटो नयाँ टेन्डरको प्रक्रिया अघि बढाउन गर्न सम्बन्धित निकायलाई निर्देशन पनि दिएका छन्।
The post सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडिएपछि मूल्यांकन गरिँदै appeared first on BIZMANDU.