npl.977 Nepal News Stream

Kendrabindu logo Kendrabindu

निर्वाचन आयोगद्धारा राष्ट्रिय सभाको प्रदेशगत मतभार निर्धारण

इन्द्र कमल रोक्का 3 hours ago

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन आयोगले प्रदेशगत मतभार निर्धारण गरेको छ । आयोगका अनुसार मधेश प्रदेशमा सबैभन्दा धेरै र कर्णाली प्रदेशमा सबैभन्दा कम मतभार रहेको छ ।

निर्वाचन आयोगले तयार पारेको विवरणअनुसार मधेश प्रदेशमा १० हजार ८३९ मतभार रहेको छ। त्यसपछि बागमती प्रदेशमा १० हजार ३५२, कोशी प्रदेशमा १० हजार १३५ र लुम्बिनी प्रदेशमा ८ हजार ७५३ मतभार कायम गरिएको छ। गण्डकी प्रदेशमा ६ हजार ४१०, सुदूरपश्चिम प्रदेशमा ६ हजार १५३ र कर्णाली प्रदेशमा सबैभन्दा कम ५ हजार १२२ मतभार रहेको छ।

राष्ट्रिय सभा सदस्यका रिक्त १९ पदमध्ये १८ पदका लागि आगामी माघ ११ गते निर्वाचन हुनेछ। प्रदेशगत रूपमा मधेशबाट ४, कोशी र लुम्बिनीबाट ३–३, बागमती र गण्डकीबाट २–२ तथा कर्णाली र सुदूरपश्चिमबाट २–२ सदस्य निर्वाचित हुनेछन्।

निर्वाचनका लागि सातै प्रदेशका राजधानी रहेका जिल्लामा मतदानस्थल तोकिएको छ। प्रत्येक प्रदेशमा दुई मतदान केन्द्र रहने छन्, जहाँ प्रदेश सभा सदस्य तथा स्थानीय तहका प्रमुख–उपप्रमुखले आ–आफ्नो केन्द्रबाट मतदान गर्ने व्यवस्था गरिएको छ।

Read more news from Kendrabindu

Explore by Source or Category