npl.977 Nepal News Stream

Kendrabindu logo Kendrabindu

रुससँगको सैन्य अभ्यासको आवरणमा इरानद्वारा ‘स्ट्राईक ड्रोन’ परिचालन, क्षेत्रमा तनाव उच्च

इन्द्र कमल रोक्का 1 hour ago

काठमाडौं । इरानले हर्मुज जलडमरूमा रुससँगको संयुक्त सैन्य अभ्यासको आवरणमा आफ्ना घातक ‘स्ट्राईक ड्रोन’ र सैन्य उपकरणहरूलाई रणनीतिक रूपमा महत्त्वपूर्ण स्थानहरूमा स्थानान्तरण गरेको छ। रक्षा विज्ञहरूले यसलाई अमेरिका र इरानबीच बढ्दो तनावका बीच इरानको “नियोजित सैन्य उत्तेजना” भनेका छन्।

रक्षा फर्म ‘ड्रागनफ्लाइ’का विज्ञ क्यामरून चेलका अनुसार इरानले रुसी अभ्यासलाई “पर्दा” को रूपमा प्रयोग गर्दै आफ्ना ड्रोनहरूलाई आक्रमणका लागि तयारी अवस्थामा राखेको छ।

यता अमेरिकी नौसेनाका अत्याधुनिक ड्रोनहरू इरानी तट नजिकै निगरानीमा खटिएका छन्। यीमध्ये ट्रिटनले ५०,००० फिटको उचाइबाट वास्तविक समयमा सैन्य गतिविधिका जानकारी संकलन गरिरहेको छ। अमेरिकाले ‘यूएसएस जेराल्ड आर. फोर्ड’ र ‘यूएसएस अब्राहम लिंकन’ गरी दुईवटा विशाल विमानवाहक जहाजहरूलाई यस क्षेत्रमा तैनाथ गरी आफ्नो सैन्य उपस्थिति मजबुत पारेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आणविक महत्वाकांक्षालाई लिएर कडा अडान राख्दै भनेका छन्, “हामी कि त सम्झौता गर्नेछौं, कि कुनै न कुनै बाटोबाट सम्झौता निकाल्नेछौं।” उनले यसका लागि १० देखि १५ दिनको अनौपचारिक समयसीमा समेत संकेत गरेका छन् ।

अर्कोतर्फ, यता पोल्याण्डका प्रधानमन्त्री डोनाल्ड टस्कले आफ्ना नागरिकहरूलाई तत्काल इरान छोड्न चेतावनी दिएका छन् ।

Read more news from Kendrabindu

Explore by Source or Category