npl.977 Nepal News Stream

RONB post logo RONB post

पाकिस्तानले जित्यो यू-१९ एसिया कपको उपाधि

RONB Post 17 hours ago

काठमाडौं । पाकिस्तानले यूएईमा सम्पन्न एसिसी यू-१९ एसिया कपको उपाधि जितेको छ। आइतबार दुबईमा भएको फाइनल भिडन्तमा भारतमाथि १९१ रनको सानदार जित निकाल्दै पाकिस्तान युवा टोलीले एसिया कप जितेको हो।

त्यसअघि ओपनर समीर मिनहासले शानदार शतकसहित १७२ रन बनाएपछि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाएर ३४७ रन बनाएको थियो ।

समूह चरणमा भएको खेलमा भारतले पाकिस्तानलाई हराएको थियो । त्यसको बदला पाकिस्तानले फाइनलमा लिएको छ ।

नेपाली टोली भने यस प्रतियोगितामा समूह चरणमा ३ वटै खेलमा हार बेहोरेर बाहिरिएको थियो ।

The post पाकिस्तानले जित्यो यू-१९ एसिया कपको उपाधि appeared first on RONB post.

Read more news from RONB post

Explore by Source or Category