npl.977 Nepal News Stream

Kendrabindu logo Kendrabindu

प्रधानमन्त्रीलाई महेश बस्नेतको प्रश्न- पुराना दललाई गाली गरेर, निषेध गरेर निर्वाचन हुन्छ ?

इन्द्र कमल रोक्का 22 hours ago

काठमाडौं । नेकपा (एमाले)का सचिव महेश बस्नेतले आगामी फागुन २१ गते निर्वाचन हुन्छ भन्ने विश्वसनीय आधार सरकारले दिन नसकेको बताएका छन् ।

प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा सोमबार बसेको निर्वाचनसम्बन्धी सर्वपक्षीय बैठकमा सचिव महेश बस्नेतले दलका नेतामाथि स्थानहद लगाउने कुराले तोकिएको मितिमा निर्वाचन हुने विश्वास गर्न सकिने अवस्था नरहेको बताएका हुन् ।

‘हामी २१ फागुनमा निर्वाचन हुन्छ भन्नेमा विस्वस्त छैनौँ,’ उनले भने, ‘पुराना दललाई गाली गरेर निषेध गरेर, स्थानहद तोकेर कसरी निर्वाचनको वातावरण बनाउनुहुन्छ ?’

उनले निर्वाचनलाई निष्पक्ष, भयरहीत वातावरणमा सम्पन्न गराउने काममा सरकार केन्द्रित नभएको आरोप समेत लगाए । अब औपचारिक च्यानलबाट दलहरूसँग ‘वान टु वान’ छलफल गर्दा राम्रो हुने उनकाे सुझाव थियाे ।

Read more news from Kendrabindu

Explore by Source or Category