npl.977 Nepal News Stream

Pokhara News logo Pokhara News

पोखरामा माओवादी कार्यकर्ता भन्दै चन्दा संकलन गर्ने २ जना पक्राउ

पोखरा न्यूज 4 days ago

पोखरा ,०४ फागुन । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई बिथोल्न डर धाक तथा धम्की दिई गैर कानुनी रूपमा चन्दा संकलन गरिरहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

गोप्य सूचनाका आधारमा  नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको विशेष प्रहरी टोलीले उक्त कार्यमा संलग्न रहेको आरोपमा आइतबार दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा व्यास नगरपालिका–१३ छाब्दी बस्ने ३२ वर्षीय अग्नि भन्ने लक्ष्मण पाण्डे र माछापुच्छ्रे गाउँपालिका–२ बस्ने ३७ वर्षीय भीमसेन परियार रहेका छन्।

प्रहरीले उनीहरूको साथबाट नेपाल कम्युनिष्ट पार्टी (माओवादी) गण्डक व्यूरो उल्लेख गरिएको रसिद नम्बर १४२१ देखि १४४० सम्म भएको रसिद ठेली १ थान, विभिन्न व्यक्ति तथा संघसंस्थाका नाममा काटिएका १५ थान अर्धकट्टी रसिद, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) जिल्ला समिति कास्कीको आर्थिक सहयोग सम्बन्धी पत्र २० थान, पहेँलो रंगको खाली खाम १५ थान तथा नगद रु. २३ हजार बरामद गरेको जनाएको छ।

पक्राउ परेका दुवै जनामाथि चन्दा ऐन सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी कास्की जिल्ला अदालत बाट पाँच दिन म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

The post पोखरामा माओवादी कार्यकर्ता भन्दै चन्दा संकलन गर्ने २ जना पक्राउ appeared first on Pokhara News.

Read more news from Pokhara News

Explore by Source or Category