npl.977 Nepal News Stream

हाम्रो खेलकुद logo हाम्रो खेलकुद

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

Prakash Timalsina 1 day ago

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ।

फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् ।

इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो ।
कप्तान फजिलाले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि बढाउँदै गरेको प्रहार गीतालाई लाग्दै गोलमा परिणत भएको थियो।

इस्ट बंगालले ३५ औं मिनेटमा अन्तर दोब्बर गर्यो । शिल्कीदेवीले गोल गरेकी हुन्। सरिता युमनामको कर्नरमा आशा लताले क्रस गरेको बलमा शिल्कीले हेड मार्फत गोल गरिन् ।

एपिएफले खासै गतिलो आक्रमण गर्न सकेन। इन्जुरी समयमा अनिता बस्नेतको क्रममा मिना देउवाको हेडर पोष्ट नजिकबाट बाहिर गयो।

दोस्रो हाफको सुरुमा नै फजिलाले अर्को गोल गरिन् । गोलकिपर अन्जनाले रोकेर पनि पूर्ण नियन्त्रणमा लिन नसक्दा गोल भएको हो । खेलको अन्त्यतिर एपिएफले गोलका लागि पटक‌ पटक प्रयास गरे पनि सफल भएन। एक खेल नखाई इस्ट बंगाल च्याम्पियन भएको थियो। एपिएफले फाइनल अघिका खेलमा गोल खाएको थिएन ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले पहिलो पटक आयोजना गरेको साफ महिला क्लब च्याम्पियनसिपमा ५ सदस्य राष्ट्रका लिग च्याम्पियनको सहभागिता थियो।

फाइनल खल्नेबाहेक जसमा पाकिस्तानको कराँची सिटी एफसी, बंगलादेशको नासिर स्पोर्टस एकेडेमी र भुटानको ट्रान्सपोर्ट युनाइटेड थिए। सिंगल राउन्ड रोबिनपछि‌ शीर्ष दुई टोलीले फाइनल खेलेका हुन्।

The post एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन first appeared on हाम्रो खेलकुद.

Read more news from हाम्रो खेलकुद

Explore by Source or Category