एचआइडीसीएलको सेयर मूल्य समायोजन, कारोबार २५५.१७ रुपैयाँमा खुल्ने
Sunil Kunwar
|
8 hours ago
काठमाडौं । हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल) को सेयर मूल्य समायोजन भएको छ।
नेपाल स्टक एक्सचेन्जले सोमबार कम्पनीको सेयर मूल्य समायोजन गरेको हो। समायोजनपछि कम्पनीको सेयर मूल्य प्रति कित्ता २५५.१७ रुपैयाँ कायम भएको छ।
सोमबार अन्तिम कारोबारपछि एचआइडीसीएलको सेयर प्रति कित्ता २५९ रुपैयाँमा कारोबार भएको थियो। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई १.५ प्रतिशत बोनस सेयर घोषणा गरेको छ।
The post एचआइडीसीएलको सेयर मूल्य समायोजन, कारोबार २५५.१७ रुपैयाँमा खुल्ने appeared first on BIZMANDU.